संसदबाटै समस्याको समाधान खोज्न देउवालाई पौडेलको आग्रह



न्युज अफ नेपाल, काठमाडौं ।

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री शेरबहादुर देउवालाई संसदबाटै समस्याको समाधान खोज्न आग्रह गरेका छन् । पौडेलले बुधबार विज्ञप्ति जारी गर्दै देशलाई निकास दिने भन्दै गठन भएको सरकारले पनि पुरानै गतिविधि गर्न नहुने जनाएका हुन् ।

संसद चलाउँछु र संसदबाटै सबै निकास खोज्छु भनेर आएको सरकारले पनि संसद सुचारू गराएर देशलाई लोकतान्त्रिक गति दिने सार्थक प्रयास नगरी सदनलाई बीचैमा अन्त्य गर्न नहुने उनको तर्क छ ।

पौडेलले देशलाई प्रयोगै प्रयोगको थलो बनाएर थिलथिलो पार्ने षडयन्त्र नगर्न सुझाव पनि दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्