कोरोनाको खोप बेच्ने पक्राउ



काठमाडौं (नेस) ।

महोत्तरीको महोत्तरी स्वास्थ्य चौकीमा हेल्थ असिस्टेन्ट पदमा कार्यरत अजयकुमार साहले निःशुल्क रूपमा बितरण गर्नु पर्ने कोरोना विरुद्धको खोप २० हजारमा बेचेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेको छ ।

कोभिड विरुद्धको खोप जोनसन एन्ड जोन्सन खोप सेवाग्राहीसँग घुस लिएर वितरण गरेको भन्ने सुराक पाएको आयोगले साह र कृष्णकुमार यादवलाई पक्राउगरेको छ । साहले अर्का हेल्थ असिस्टेन्ट यादवलाई प्रयोग गरेर रकमलिएको पाइएको आयोगले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्