क्योकुसिन–सेइसिन कराते सम्पन्न



काठमाडौं ।

महोत्तरी क्योकुसिन सेइसिन काइकान कराते डोजोको आयोजनामा प्रथम २ नं. प्रदेशस्तरीय महिला तथा पुरुष तौल समूह फुलकन्ट्याक्ट (क्योकुसिन सेइसिन) कराते प्रतियोगिता सम्पन्न भएको छ ।

प्रतियोगितामा २ नं प्रदेशभरिको विभिन्न जिल्लाका ३० केजी, ३५ केजी,४० केजी, ४५ केजी, ५० केजी तौल समूहको पुरुषतर्फ तथा ४५ केजी, ५० केजी तौल समूहको महिलातर्फ छुट्टाछुट्टै गरी ७ समूहमा विभाजन गरी जम्मा १२५ जना खेलाडीहरू, कोच तथा अफिसियलहरूले सहभागिता जनाएको थियो ।

दई दिनसम्म सञ्चालन भएको उक्त प्रतियोगितामा पुरुष तौल समूहको ५० केजीतौल समूहमा बाराका निखिल राउत, ४५ केजीमा महोत्तरीका साइमन लुंगेलीमगर, ४० केजीमा महोत्तरीका चन्दन कुमार शाह, ३५ केजीमा विकास महर्जन , ३० केजीमा महोत्तरीकै सुरज कुमार श्रेष्ठले प्रतियोगितामा स्वर्णपदक हासिल गरेका थिए भने महिला तौल समूहमा ५० केजीमा बाराका सजिता श्रेष्ठ तथा ४५ केजीमा बाराकै रचना अधिकारीले प्रतियोगिताको स्वर्ण पदक हासिल गरेका थिए ।

त्यसैगरी, पुरुष तौल समूहमा ५० केजीमा पर्साका रवि किसन यादव, ४५ केजीमा महोत्तरीका प्रकाश शाह, ४० केजीमा पर्साका विशाल कुमार पटेल, ३५ केजीमा बाराको दर्शन मानन्धर, ३० केजी महोत्तरीको रवि सहनी तथा महिला तौल समूहमा ५० केजीमा महोत्तरीका सिमा विश्वकर्मा, ४५ केजीमा बाराका सानिया बन्जाराद्वारा रजत पदक हासिल गरेका थिए ।

त्यसैगरी, पुरुष तौल ५० केजीमा महोत्तरीका मणिराज दर्लामी मगर, ४५ केजीमा महोत्तरीका अभय तामाङ, ४० केजीमा बाराका सन्तोष श्रेष्ठ, ३५ केजीमा बाराका रोशन लामा, ३० केजी पर्साका प्रतीक शिं यादव तथा महिला तौल समूहमा ५० केजीमा बाराका सुप्रिया पण्डित, ४५ केजीमा बाराका पूर्णिमा श्रेष्ठद्वारा कांस्यपदक हासिल गरेका थिए ।

त्यसैगरी, पुरुष खेलाडीहरूमा ५० केजीमा महोत्तरीका सविन आलेमगर, ४५ केजीमा महोत्तरीका निशान विक, ४० केजीमा बाराका सोनु जिसी, ३५ केजीमा बाराका मोहिम प्रसाद शर्मा, ३० केजी बाराकै रिजन भण्डारी तथा महिला तौल समूहमा ५० केजीमा बाराका दिव्या दाहाल, ४५ केजीमा बाराकै मनीषा श्रेष्ठद्वारा उत्कृष्ट पदक हासिल गरेका थिए ।

समापन समारोहका प्रमुख अतिथि गौशाला नगरपालिकाका मेयर रजखोर, गौशालाको श्री जनता माविको प्रांगणमा सम्पन्न भएको प्रतियोगिताको उद्घाटन गौशाला नगरपालिका वडा नं. ४ का वडा नेपाल क्योकुसिन सेइसिन काइकान कराते संघका केन्द्रीय अध्यक्ष शिहान अशोक कुमार श्रेष्ठद्वारा केन्द्रको तर्फबाट प्रशिक्षक देवेन्द्र सहनीका पिता पल्टु सहनीलाई दोसल्ला ओढाई सम्मान गरेका थिए । उक्त प्रतियोगिता नेपाल क्योकुसिन सेइसिन काइकान कराते संघ तथा गौशाला नगरपालिका वडा नं ४ वडा कार्यालयको विशेष सहयोगमा आयोजना भएको थियो । प्रतियोगितामा विश्व क्योकुसिन काइफ कराते जापानका उपाध्यक्षसमेत रहेका शिहान अशोककुमार श्रेष्ठ प्रमुख अतिथि थिए ।

प्रतिक्रिया दिनुहोस्