देउवाले सभापतिमा उमेदवारी दिए (टिमको नामसहित )

0
Shares

न्युज अफ नेपाल, काठमाडौं ।

नेपाली कांग्रेसको सभापतिका सभापति शेरबहादुर देउवा पनि उम्मेदवारी दर्ता गराएका छन ।उनी दल बल सहित उम्मेदावारी दर्ता गर्न महाधिवेशनस्थल पुगेका छन । आफ्नो तर्फबाट टिम बनाउन हम्मे हम्मे परेको थियो ।

देउवाले आफ्नो प्यानलबाट उपसभापतिमा पूर्णबहादुर खड्का र विजय कुमार गच्छदारलाई उठाउने भएका छन् । यस्तै उनको समूहबाट महामन्त्री डा. प्रकाशशरण महत र प्रदीप पौडेल उम्मेदवार हुने भएका छन् ।यस्तै देउवा पक्षबाट ८ सहमहामन्त्री र खस आर्यतर्फका केन्द्रीय सदस्यका उम्मेदवार पनि टुंगो लागेका छन् ।

सभापति शेरबहादुर देउवासहितका नेताहरुले महिला कोटाको सहमहामन्त्रीमा महालक्ष्मी उपाध्याय डिना मकवानपुर, आदिवासी जनजाती तर्फको सहमहामन्त्रीमा भिष्मराज आङ्दाम्बे पाँचथर, दलितर्फको सहमहामन्त्रीमा मानबहादुर विश्वकर्मा अर्घाखाँची, मधेशीतर्फको सहमहामन्त्रीमा महेन्द्र यादव धनुषाका् नाम टुंगो ल गाएको छ ।

यस्तै खस आर्यतर्फको सहमहामन्त्रीमा किशोरसिंह राठोर बर्दिया, थारु तर्फको सहमहामन्त्रीमा उमाकान्त चौधरी बारा, मुस्लिमतर्फको सहमहामन्त्रीमा फर्मुल्लाह मन्सुर बारा र पिछडिएको क्षेत्रको सहमहामन्त्रीमा जीवनबहादुर शाही हुम्लालाई उम्मेदवार बनाउने निर्णय भएको सभापति देउवाको सचिवालयले जनाएको छ ।

त्यस्तै खस आर्यतर्फका केन्द्रीय सदस्यमा केशवकुमार बुढाथोकी झापा, श्याम घिमिरे सिन्धुली, नारायणबहादुर कार्की उदयपुर, कृष्णबहादुर कार्की नवलपरासीपूर्व, गेहेन्द्र गिरी दाङ, प्रकाश अधिकारी चितवन र गोविन्दबहादुर शाह अछामलाई उम्मेदवार बनाउने निर्णय भएको छ ।

यस्तै, खस आर्यतर्फकै महिला केन्द्रीय सदस्यमा मञ्जु खाण सिराहा, नानु बास्तोला काठमाडौँ, चम्फा खड्का बागलुङ, कान्तिका सेजुवाल जुम्ला, लिला नेपाल सिन्धुपाल्चोक र विद्या तिमिल्सिना बाजुरालाई उम्मेदवार बनाउने निर्णय भएको देउवाको सचिवालयले जानकारी दिएको छ ।