अमृत बोहोरा एमाले सल्लाहकार परिषद्‌का अध्यक्षमा चयन


न्युज अफ नेपाल, काठमाडौं ।

नेकपा एमालेको केन्द्रीय सल्लाहकार परिषद अध्यक्षमा अमृतकुमार बोहोरा चयन भएका छन् । उमेर हदका कारण कार्यकारी भूमिकाबाट यसैपाली बाहरिएका बोहोरालाई सल्लाहकार परिषदको अध्यक्ष बनाइएको हो ।

एमाले विधान अनुसार सल्लाहकार परिषदको अध्यक्ष पदेन स्थायी कमिटी सदस्य हुने व्यवस्था छ । बोहोरा यसअघि अनुशासन आयोगको अध्यक्ष थिए ।नेकपा एमालेका पहिलो पुस्ताका नेता बोहोरालाई सल्लाहकारको अध्यक्ष बनाइएको सचिव योगेश भट्टराईले जानकारी दिए । बोहोराले केन्द्रीय कमिटी बैठकमै सपथग्रहण समेत गरेका छन् ।