२३६ जना कोरोना संक्रमित थपिए

0
Shares

काठमाडौं । नेपालमा आज कोरोना भाइरस (कोभिड—१९) का २३६ जना नयां संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार १७८ जनाको परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन् ।

मन्त्रालयका अनुसार ५ हजार ६७२ जनाको पीसीआर गर्दा १९४ र ३ हजार ५०६ जनको एन्टीजेन परीक्षण गर्दा ४२ जनामा संक्रमण पुष्टि भएको हो ।

कोरोना संक्रमणका कारण एक जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।