शेखर कोइरालाकाे पदाधिकारी समुह टुंगियाे, महामन्त्रीमा विश्वप्रकाश शर्मा र गगन थापा


न्युज अफ नेपाल, काठमाडौं ।

नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा शेखर कोइरालाको नेतृत्वको टीमले पदाधिकारीको उम्मेदवार टुंगो लागाएको छ ।

नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा शेखर कोइराला सभापतिमा उठ्ने भएका छन्। नेताहरुको छलफलले सभापतिमा शेखर कोइराला , उपसभापतिमा धनराज गुरुङ र चन्द्र भण्डारी, महामन्त्रीमा डा. मिनेन्द्र रिजाल र गगन थापा रहने गरी पदाधिकारी टुंगो लगाएको हो ।

सहमहामन्त्रीको उम्मेदवारमा खस आर्यबाट देवराज चालिसे, पिछडिएको क्षेत्रबाट बद्री पाण्डे, दलितबाट जीवन परियार, महिलाबाट कमला पन्त, मधेसीबाट रामकृष्ण यादव र थारुबाट तेजुलाल चौधरी र अल्पसंख्यबाट वकिल मियाँ उम्मेदवार दिएका छन् ।