कांग्रेस सभापतिमा कल्याण गुरूङको उम्मेदवारी दर्ता


न्युज अफ नेपाल, काठमाडौं ।

कांग्रेसको १४ औं महाधिवेशन दोस्रो दिन मनोनयन दर्ता गर्ने क्रममा सभापतिमा केन्द्रीय सदस्य कल्याण गुरूङको उम्मेदवारी दर्ता गराएका छन्।

नेपाली कांग्रेसका आमन्त्रित केन्द्रीय सदस्यसमेत रहेका गुरुङले धेरै अघि पत्रकार सम्मेलन गरेरै सभापतिमा उम्मेदवारी दिने घोषणा गरेका थिए । जारी कांग्रेसको १४औं महाधिवेशनमा सभापतिमा उम्मेदवारी दर्ता गराउने गुरुङ पहिलो हुन् । सुरुमा संस्थापन पक्षमा रहेका गुरुङ पछि पौडेल समूहमा थिए ।

यस्तै, सहमहामन्त्रीमा बद्री पाण्डे र मानबहादुर विश्वकर्माको उम्मेदवारी दर्ता गराएका छन्। पाण्डे वरिष्ठ नेता रामचन्द्र पौडेलनिकट हुन् भने विश्वकर्मा शेरबहादुर देउवानिकट हुन्। अहिलेसम्म केन्द्रीय सदस्यमा ३० जनाभन्दा बढीको उम्मेदवारी दर्ता गरेका छन्।