कांग्रेस नेतृ रमा पौड्यालको खुल्ला महिलातर्फ केन्द्रीय सदस्यमा उम्मेदवारी 


काठमाडौं ।

नेपाली कांग्रेसकी जुझारु नेतृ रमा पौड्यालले केन्द्रीय सदस्यको उम्मेदवारी घोषणा गरेकी छिन । पौड्यालले खुल्ला महिलातर्फबाट केन्द्रीय सदस्य पदको उम्मेदवारी घोषणा गरेकी हुन ।

पार्टीभित्र श्रमिकहरूको हक हितका लागि सशक्त आवाज उठाएर उनीहरूको प्रतिनिधित्व बढाई कांग्रेस पार्टीलाई श्रमिकमय बनाउन केन्द्रीय समितिमा पुगेपछि आफ्नो अहं रहने नेतृ पौड्यालले बताइन । महिलाहरूलाई पार्टी संगठनमा सशक्त बनाउन र केन्द्रीय समितिसम्म महिलाका आवाज पु-याउन पौड्यालले केन्द्रीय सदस्यमा आफूलाई जिताउन अपिल गरेकी छन् ।

ट्रेड युनियन कांग्रेसको राजनीतिमा तीन दशक भन्दा बढी विताएकी पौड्याल वैकल्पिक कांग्रेस केन्द्रीय सदस्य पौडेल हुन । पारिवारिक राजनीतिक विराशत बोकेकी समन्वयकारी नेतृ कांग्रेस नेता कार्यकर्ता माझ निकै लोकप्रिय छिन ।