विवाह पञ्चमीमा जगदम्बा सुपर शाइनको निःशुल्क शिविर

 सांस्कृतिक प्रबद्र्धन र सामाजिक सेवा लक्षित


काठमाडौं ।

सांस्कृतिक नगरी जनकपुर धाममा आयोजित विवाह पञ्चमी महोत्सवमा जगदम्बा स्टिल अन्तर्गतको जगदम्बा सुपर शाइन र ग्याल्भा प्लसले निःशुल्क शिविरको आयोजना गरेको छ । विवाह पञ्चमीमा पाल्नु हुने समस्त श्रद्धालु भक्तजन तथा दर्शनार्थीहरुका लागि आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यका साथ शिविरको आयोजना गरिएको हो ।

जगदम्बा सुपर शाइन र ग्याल्भा प्लसद्वारा संयुक्तरुपमा आयोजित उक्त शिविर मार्फत श्रद्धालु भक्तजन तथा दर्शनार्थीहरुका लागि निःशुल्क जलपानको ब्यवस्था गरिएको थियो । सांस्कृतिक प्रबद्र्धन तथा सामाजिक सेवाका उद्देश्यका साथ आयोजित उक्त शिविर मार्फत हजारौँ श्रद्धालु भक्तजन, दर्शनार्थी, आगन्तुक लगायतले सेवा प्राप्त गरेका थिए ।

‘धार्मिक तथा सांस्कृतिकरुपमा विशेष महत्व बोकेको यस पर्वमा पाल्नु हुने समस्त भक्तजनहरुको निस्वार्थ सेवाका साथै सांस्कृतिक प्रबद्र्धनमा समेत तेवा पु-याउने उद्देश्यका साथ हामी महोत्सवमा सहभागी भएका हौँ । यसरी हजारौँ मानिसको सेवा गर्न पाउँदा हामी निकै हर्षित तथा गौरवान्वित छौँ’, कम्पनीले भने ।

माता जानकी र भगवान रामको स्वयंवर भएको खुशीयालीमा जनकपुर धाममा हरेक बर्ष विवाह पञ्चमी पर्व मनाउने परम्परा छ । नेपाल लगायत भारतका विभिन्न स्थानबाट यसमा हजारौँ श्रद्धालु भक्तजनहरु सहभागी हुने गर्छन् ।