कांग्रेस महाधिवेशन : पौडेलले उम्मेदवारी नदिने



न्युज अफ नेपाल, काठमाडौं ।

नेपाली कांग्रेसको १३औं महाधिवेशनमा सभापति शेरबहादुर देउवासँग पराजित भएका वरिष्ठ नेता रामचन्द्र पौडेलले जारी १४औं महाधिवेशनमा भने सभापतिको लागि उम्मदवारीसमेत नदिने भएका छन्।

आज बिहान उनको निवास बोहराटारमा भएको छलफलमा उनले उम्मेदवारी नदिने बताएका हुन् । सभापतिमा एक जना मात्रै साझा उम्मेदवार उभ्याउन नसकेपछि पौडेल पछि हटेका हुन्।

पौडेलका लागि शेखर कोइराला र शशांक कोइराला दाबी छाड्न तयार भएपनि प्रकाशमान सिंह तयार नभएपछि पौडेल पछि हटेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्