पूर्वमन्त्री टेकबहादुर गुरुङद्वारा कांग्रेसको केन्द्रीय सदस्य पदमा उम्मेदवारी घोषणा



न्युज अफ नेपाल, काठमाडौं ।

नेपाली कांग्रेसका नेता एवम् पूर्वजिल्ला सभापति टेकबहादुर गुरुङले १४औँ महाविधेशनम केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गर्नुभएको छ । पूर्वमन्त्रीसमेत रहेका गुरुङले केन्द्रीय सदस्यमा उम्मेदवारी दिने निर्णय गरेको बताउनुभयो । पार्टीभित्रका शीर्ष नेता, कार्यकर्ता र शुभेच्छुकसँगको परामर्शमा आफूले केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिन लागेको उहाँको भनाइ छ ।

‘कांग्रेसको केन्द्रीय कार्यसमितिमा रहेर काम गर्ने तयारी गरेको छु’, नेता गुरुङले भन्नुभयो– ‘१४औँ महाधिवेशनमा केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिनेछु ।’ मनाङ जिल्लामा दुई पटकसम्म सर्वसम्मत पार्टी सभापति बनेका गुरुङले कांग्रेसको संगठन निर्माणमा ठूलो योगदान दिनुभएको छ ।

उहाँले मनाङमा असार १ गतेदेखि आएको बाढीपहिरोको प्रकोपमा जनतालाई खाद्यान्नसहितको सहयोग गर्नुभएको थियो । गण्डकी प्रदेशका जिल्ला नेताहरूमा उहाँको राम्रो सम्बन्ध छ ।

सभापति शेरबहादुर देउवा निकट मानिने नेता गुरुङले कांग्रेसलाई कम्युनिस्टसँग भिड्नका लागि तयारी अवस्थामा राख्न १४औँ महाधिवेशनले नेतृत्व चयन गर्नुपर्ने बताउनुभयो । कम्युनिस्टप्रति अनुदारवादी नेताका रुपमा चिनिने गुरुङले अबको सबै निर्वाचनमा कांग्रेसको जित अनिवार्य भएको बताउनसभयो ।

सुशील कोइराला प्रधानमन्त्री रहेका बेला गुरुङ मन्त्री बन्नुभएको थियो । उहाँ दोस्रो संविधान सभाका बेला मनाङबाट प्रतिनिधि सभामा निर्वाचित हुनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्