श्रेष्ठले सभापतिमा देउवालाई समर्थन गर्ने



न्युज अफ नेपाल, काठमाडौं । 

नेपाली कांग्रेसको १४औं महाधिवेशनमा सभापतिको उम्मेदवारी घोषणा गरेका नेता गोपालमान श्रेष्ठले सभापतिमा शेरबहादुर देउवालाई नै समर्थन गर्ने भएका छन् । उनले अन्तिममा आएर देउवालाई समर्थन गर्ने निर्णय गरेका हुन् ।

संस्थापन समूहमा रहेका पूर्व उपसभापति श्रेष्ठ सँगै उपसभापति विमलेन्द्र निधिले सभापतिमा उम्मेदवारी घोषणा गरेका थिए । श्रेष्ठले देउवालाई समर्थन जनाउने भएपनि निधिले भने उम्मेदवारी दर्ता गर्ने तयारी गरेका छन् ।

कांग्रेसको १४औं महाधिवेशनमा आज बिहान १० बजेदेखि मनोनयन दर्ता सुरु हुँदैछ ।

प्रतिक्रिया दिनुहोस्