आगामी साता हिमपातको सम्भावना

0
Shares

न्युज अफ नेपाल, काठमाडौं ।

मौसम पूर्वानुमान महाशाखाले आगामी साता हिमपातको सम्भावना रहेको जनाएको छ । साताको मध्यतिर पश्चिमी वायुसँगै आएको पश्चिमी न्यून चापीय प्रणालीको कारण गण्डकी प्रदेश , कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको हिमाली भूभागका केही स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको हो ।

त्यस्तै साताको मध्यतिर देशका अधिकांश स्थानहरूमा आंशिक देखि सामान्य बदलीको सम्भावना रहेको छ । तर साताको सुरु र अन्त्यतिर भने देशका अधिकांश स्थानहरूमा मौसम सामान्यतया सफा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ ।