नेकपा विभाजन पछि एउटै मञ्चमा ओली, दाहाल र नेपाल



न्युज अफ नेपाल, काठमाडौं ।

नेकपा विभाजन पछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल झण्डै १ वर्षपछि एउटै मञ्चमा देखिएका छन् । आज भृकुटीमण्डपमा कांग्रेसको १४औं महाधिवेशनको उद्घाटन समारोहमा ओली र दाहाल सँगै देखिएका हुन् ।

त्यस्तै ‌ओली र नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाल पनि लामो समय पछि सँगै देखिएका छन् । महाधिवेशन उद्घाटन समारोहमा शुभकामना दिन तीनैजना भृकुटीमण्डपस्थित उद्घाटन समारोह पुगेका हुन् ।

ओली र नेपालबीच पाँच महिना र ओली र प्रचण्डबीच झण्डै एक वर्षयता सँगै देखिएका थिएनन् । गत फागुन २३ को सर्वोच्च अदालतको फैसलापछि नेकपा भङ्ग भएको थियो ।

प्रतिक्रिया दिनुहोस्