कांग्रेसले ल्यायो मोबाइल एप



न्युज अफ नेपाल, काठमाडौं ।

नेपाली कांग्रेसको १४ औँ महाधिवेशन उद्घाटन कार्यक्रम भृकुटीमण्डपमा जारी रहेको छ । उद्घाटन समारोहमा ‘नेपाली कांग्रेस’ नामक मोबाइल एप सार्वजनिक गरिएको हो । पार्टी सभापति शेरबहादुर देउवाले उक्त एपको उद्घाटन गरेका हुन् ।

एपमा क्रियशिल सदस्यता, डिजीटल भोटिङ् लगायतका सेवा सुविधा रहेको प्रवक्ता विश्वप्रकाश शर्माले बताए । एप एप्पल र एन्ड्रोइड दुवैमा उपलब्ध रहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्