कांग्रेस महाधिवेशनको मञ्चमा उपेन्द्र र महन्थ सहभागी


न्युज अफ नेपाल, काठमाडौं ।

नेपाली कांग्रेसको महाधिवेशन उद्घाटन समारोहमा विभिन्न राजनीतिक दलका नेताहरु आउने क्रम सुरु भएको छ । भृकुटीमण्डपमा सुरु हुन लागेको उद्घाटन समारोहमा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरसँगसँगै देखिएका छन् ।

जनता समाजवादी पार्टी विभाजन भएपछि उनीहरु चितवनमा भएको एमाले महाधिवेशनमा पहिलोपटक सँगै देखिएका थिए ।