शीर्ष नेताहरु भृकुटीमण्डपमा



न्युज अफ नेपाल, काठमाडौं ।

काठमाडौं । नेपाली कांग्रेसका शीर्ष नेताहरुसँगै अन्य पार्टीका शीर्ष नेताहरु कांग्रेसको १४ औं महाधिवेशन उद्घाटन समारोहस्थल भृकुटीमण्डपमा पुगेका छन् ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, बरिष्ठ नेता रामचन्द्र पौडेल, माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्ड, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव कुमार नेपाललगायत विभिन्न पार्टीका शीर्षनेताहरु कार्यक्रम उद्घाटन स्थलमा पुगेका छन् । कार्यक्रममा भाजपा नेता हर्षवर्द्न पनि पुगेका छन् ।

दिउँसो १ बजे शुरु हुने भनिएको उद्घाटन कार्यक्रममा अहिले विभिन्न झाँकि प्रदर्शन र गीत संगित प्रस्तुत भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्