सभापतिमा साझा उम्मेदवार छनोट गर्न नेताहरुको दौडधुप



काठमाडौं ।

नेपाली कांग्रेसको १४औं महाधिवेशन उद्घाटन सुरु हुनै लाग्दा नेताहरू भने सभापतिका लागि साझा उम्मेदवार छानोट गर्न जोडबल गरिरहेका छन् । संस्थापनइतर समूहमा साझा उम्मेदवार छनोट गर्न नेताहरुको दौडधुप छ । तर, सहमति जुट्न सकेको छैन ।

अहिले साझा उम्मेदवार तयका विषयमा छलफल गर्न बलबहादुर केसी, मीनेन्द्र रिजाल, गगन थापा लगायतका नेताहरू पौडेले निवास बोहोराटार पुगेको बताइएको छ ।

संस्थापनइतर समूहमा पूर्वमहामन्त्री प्रकाशमान सिंह र केन्द्रीय सदस्य शेखर कोइराला दुवैले उम्मेदवारी दिने अडान कायमै राखेका छन् । वरिष्ठ नेता रामचन्द्र पौडेलले भने कोइराला र सिंहबीच सहमति नभए आफू महाधिवेशनमै नजाने यस अघि नै बताइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्