नेपाल आइस मेयर कप हुने

0
Shares

मोतीराम तिमल्सिना, काभ्रे ।

आकाश भैरव क्लवको आयोजनामा मंसिर २६ गते देखि धुलिखेल सामुदायिक खेलमैदानमा नेपाल आइस धुलिखेल मेयर कप फुटबल प्रतियोगिता हुने भएको छ । धुलिखेल नगरपालिकाको सहकार्यमा आयोजना हुने प्रतियोगिताको मुख्य प्रायोजक सिजी ब्रुअरी प्रा.ली नेपाल रहेको छ भने टाइटल प्रायोजक योङ ट्यालेन्ट टिम रहेको छ ।

सह–प्रायोजक म्याक्स टाइगर इनर्जि ड्रिक, काभ्रे जिल्ला निर्माण व्यवसायी संघ, क्षेत्रीय होटल एसोसिएसन, मनोविनायक साकोस काठमाडौं, अर्थभूमि साकोस काठमाडौ, लेखापढी ब्यवसायी संघ काभ्रे रहेका छन् । काभ्रे जिल्ला फुटबल संघको प्राविधिक सहयोग रहने उक्त प्रतियोगितामा विभिन्न संघ संस्थाहरूको सहयोग रहेको छ । धुलिखेलका १२वटै वडाले विद्यागत पुरस्कार सौजन्य गर्ने प्रतियोगता पौष मसान्तमा सम्पन्न हुनेछ ।

प्रतियोगितामा प्रथम हुने टिमले नगद २ लाखसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् भने दोश्रो हुने टिमले नगद १ लाखसहित शिल्ड, मेडल र प्रमाणपत्र उपलब्ध गराइने प्रतियोगिता संयोजक जयोज नरसिं श्रेष्ठले बताउनुभयो । उत्कृष्ट गोल रक्षक, उत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता र ‘म्यान अफ दि म्याच’ प्राप्त गर्ने खेलाडीहरूलाई नगद ५ हजारसहित शिल्ड, मेडल र प्रमाणपत्र उपलब्ध गराउने श्रेष्ठले बताउनुभयो ।

फुटबल खेलको विकास, व्यावसायिक खेलाडीको उत्पादन र काभ्रे जिल्लाको खेलकुद गतिविधिलाई गतिशिल बनाउन प्रतियोगिता हरेक वर्ष आयोजना गरिएको अध्यक्ष सुबल चोच्छेले बताउनुभयो । क्लबले यसअघि फुटबल र रग्वी प्रतियोगितामा राष्ट्रिय स्तरसम्ममा सहभागिता जनाएको छ । २०७७ मा जिल्ला लिग फुटबल प्रतियोगितामा विजयी भएको आकाश भैरव क्लवले नगरदेखि राष्ट्रियस्तरका खेलहरूमा सहभागिता जनाउँदै अन्य सामाजिक क्रियाकलापमा पनि सहभागि हुँदै आएको छ ।

प्रतियोगिताका बारेमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा नेपाल पत्रकार महासंघ निवर्तमान अध्यक्ष मोतीराम तिमल्सिना, मुख्य प्रायोजक सिजी ब्रुअरीका प्रतिनिधि समुन्द्र खत्री, काभ्रे जिल्ला फुटबल संघका अध्यक्ष विकास श्रेष्ठ, महासचिव किशोर बरुण, चमन बैद्य, सञ्जिव चोच्छे, कार्यक्रम संयोजक जयोज नर्सिङ्ग श्रेष्ठ, क्लबका उपाध्यक्ष पुकार चोच्छे, रोजन योगल, वडाअध्यक्ष सञ्जय कोँजु लगायतले प्रतियोगिताका बारेमा जानकारी गराउनुभएको थियो । प्रतियोगितामा ए डिभिजन, सी डिभिजन क्लवका समेत गरी काठमाडौ, भक्तपुर, सिन्धुली र काभ्रे जिल्लाका क्लवहरू २० टिम सहभागी हुँदैछन् ।