खुला थ्री बाई थ्री बास्केटबल शनिबार



काठमाडौं ।

प्रोफेसनल एडुकेसन कन्सल्टेन्सीको आयोजनामा खुला महिला थ्री बाई थ्री बास्केटबल प्रतियोगिता शनिबार हुने भएको छ ।

प्रतियोगितामा १० टिमको सहभागिता रहने प्रतियोगिता संयोजक सुवास दर्शनले जनाएका छन् । सहभागी टिमलाई २ समूहमा विभाजन गरी लिग कम नकआउट आधारमा खेल खेलाइनेछ । समूह ‘ए’ मा एसभी कलेज, रोयल ‘ए’, ललितपुर ‘ए’, जाक्की र ललितपुर ‘बी’ रहेका छन् । इनोभेटिभ टिम, रोयल ‘बी’, ललितपुर ‘सी’ तथा नेपाल प्रहरी क्लबको ‘ए’ र ‘बी’ समूह ‘बी’ मा छन् । समूह चरणको खेलमा शीर्ष २ स्थान हात पार्ने टिम सोझै सेमिफाइनलमा प्रवेश गर्नेछन् ।

विजेतालाई २० हजार तथा उपविजेतालाई १० हजार नगद पुरस्कार प्रदान गरिने छ । ‘मोस्ट भेलुएबल प्लेयर’ लाई गिफ्ट ह्याम्पर दिइने छ । एकदिने प्रतियोगिताका खेलहरू चण्डोलस्थित विशाल मिलन केन्द्रको कोर्टमा हुनेछ ।

प्रतिक्रिया दिनुहोस्