महाधिवेशन पछि कांग्रेस ठूलो पार्टी बन्छ : देउवा


न्युज अफ नेपाल, काठमाडौं ।

प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले महाधिवेशन पछि हुने आमचुनावबाट पार्टीलाई सबैभन्दा ठूलो बनाउने बताएका छन् ।

कांग्रेसका सहमहामन्त्री प्रकाशशरण महतले लेखेको पुस्तक विमोचन गर्दै देउवाले पार्टीको १४ औं महाधिवेशन पछि पार्टी झनै बलियो हुने बताए ।

देउवाले महाधिवेशनमा सकेसम्म सहमतिमै नेतृत्व चयन गरिने र सहमति नभएमा प्रतिस्पर्धा गरिने बताए।