कांग्रेस महाधिवेशन : व्यक्तिगत चरित्रमा लान्छना लगाउन नपाइने


न्युज अफ नेपाल, काठमाडौं ।

नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन समितिले १४औँ महाधिवेशनमा प्रतिनिधिहरुका लागि पालना गर्नुपर्ने आचारसंहिता सार्वजनिक गरेको छ । केन्द्रीय निर्वाचन समिति संयोजक गोपालकृष्ण घिमिरेले विभिन्न ६ बुँदे आचारसंहिता सार्वजनिक गरेका हुन् ।

आचारसंहिता अनुसार उम्मेदवारले आफ्नो उम्मेदवारीको प्रचार गर्न सामान्य अपिल तथा भिजिटिङ् कार्ड वितरण गर्न पाउँने भएपनि कसैको व्यक्तिगत चरित्रमा लान्छना लाग्ने गरी प्रचार गर्न नपाइने भएको छ ।

मतदानस्थलभित्र मोबाइल फोनसमेत लिएर जान नपाइने आचारसंहितामा उल्लेख छ ।