सरकारले भुक्तानी नदिँदा ४१ विद्यालय ऋणमा

४१ विद्यालय, ७९ शौचालय र ५० वटा खानेपानी आयोजनाको १० करोड भन्दा धेरै भुक्तानी ६ महिना देखि हुन सकेको छैन ।


मोतीराम तिमल्सिना , काभ्रे । 

भुकम्पले भत्काएका मध्ये पुर्नर्निमाण सम्पन्न भईसकेका ४१ वटा विद्यालयको भुक्तानी हुन सकेको छैन । समयमै भुत्तानी हुन नसक्दा विद्यालय ब्यवस्थापन समितिले सहकारीबाट चर्काे ब्याजमा ऋण लिएर भुक्तानी गरिरहेका छन् ।

‘विद्यालय ब्यवस्थापन समिति मार्फत निर्माण गरिएका ४१ वटा विद्यालयको भुक्तानी रोकिएको छ’–शिक्षा समन्वय इकाई काभ्रेकी इन्जिनियर श्रेया झाले भन्नुभयो–‘असार मसान्त अगावै निर्माण सम्पन्न भएका केहि विद्यालय र असार मसान्त पछि निर्माण सम्पन्न भएका अधिकांश विद्यालयको भुक्तानी रोकिएको छ ।

४१ वटा विद्यालय, ५० वटा खानेपानी आयोजना र ७९ वटा शौचालयको निर्माण कार्य सम्पन्न भएको छ । ४१ मध्ये १० वटा विद्यालय दुई कोठे छन् । जसको निर्माण सम्पन्न पछिको भुक्तानी ४४ लाख ३८ हजार ७ सय ३२ रुपैया भुक्तानी गर्न बाँकी छ । ४ कोठे ३० वटा विद्यालयको ४ करोड २८ लाख रुपैया भुक्तानी गर्न बाँकी छ । ८ कोठे पक्कि भवन १ वटा विद्यालयको ११ लाख ४१ हजार रुपैया भुक्तानी गर्न बाँकी छ ।

त्यस्तै ७९ वटा शौचालय निर्माण सम्पन्न भएका छन् । जसका लागि ४ करोड ४२ लाख २८ हजार रुपैया भुक्तानी गर्न बाँकी छ । विद्यालयहरुका लागि खानेपानी आयोजना सञ्चालन गर्न निर्माण भएका ५० वटा योजनाहरुको १ करोड २७ लाख रुपैया भुक्तानी गर्न बाँकी छ । सबै आयोजनाका तत्काल १० करोड ५४ लाख भुक्तानी गर्नु पर्ने भए पनि दशै अगाडी ५२ लाख रुपैया मात्रै प्राप्त भएको शिक्षा समन्वय इकाई काभ्रेले जानकारी दिएको छ । विद्यालय ब्यवस्थापन समिति मार्फत निर्माण भएका विद्यालयहरुको भुक्तानी रोकिँदा समस्या परेको विद्यालय ब्यवस्थापन समितिका अध्यक्षहरुले बताएका छन् ।

श्रृजनशिल जनता मावी, चक्रज्योती मावी बनेपा लगायतका विद्यालयहरुको निर्माण कार्य असार मसान्तमा सकिएको थियो । सोहि विद्यालयहरुले अझै भुक्तानी प्राप्त गरेका छैनन । निर्माण सामाग्री खरिद गरेका स्थानहरुमा भुक्तानी दिन सहकारीबाट ऋण लिएर भुक्तानी गरेकाले चर्काे ब्याज तिर्नु परेको विद्यालयहरुले बताएका छन् । इन्जिनियर श्रेया झाले असार मसान्त भित्र भुक्तानी गर्नु पर्ने रकम ६ महिना वितिसक्दा समेत भुक्तानी गर्न नसकिएको बताउनु भएको छ ।

जिल्लामा अझै केहि विद्यालय निर्माणाधिन छन् । निर्माण भईरहेका मध्ये केहि ठेक्का मार्फत भएका छन् । भारतिय दुतावास मार्फत निर्माण भएका जिल्लाका विद्यालयहरु मध्ये ६ वटा हस्तान्तरण हुन बाँकी छन् । ७ वटा रेट्रोफिटिङ्ग गरिएका विद्यालय पनि हस्तान्तरण भएका छैनन । थप ५ वटा विद्यालय रेट्रोफिटिङ्ग भईरहेको इन्जिनियर झाले बताउनु भयो ।

जिल्लाको महाभारत गाउँपालिकामा रहेको कालिदेवी मावी कुपिन्टार र गोकुले मावी गोकुले, जनकल्याण मावी घर्तिछापमा एडिबीको सहयोगमा विद्यालय निर्माण हुँदैछ । ठेक्का सम्झौता भई निर्माण कार्य शुरु भएका विद्यालयहरुमा भने भुक्तानी रोकिएको छैन । विद्यालय ब्यवस्थापन समिति मार्फत गरिएका विद्यालयहरुको भुक्तानी भने अझै हुन सकेको छैन । भुकम्पको पुर्नर्निमाण अन्र्तगत पछिल्लो कार्यक्रम अनुसार १ सय ३८ शौचालय निर्माण गरिएको मध्ये अघिल्लो आर्थिक वर्षमा ५९ वटाको भुक्तानी भईसकेको छ । खानेपानीका ८८ आयोजना मध्ये ३८ वटा निर्माण सम्पन्न भई भुक्तानी भएका छन् ५० वटाको भुक्तानी बाँकी छ ।

भुक्तानी रोकिएका विद्यालय

१) बुद्ध हिमालय माध्यमिक विद्यालय

२) जनमोहन माध्यमिक विद्यालय

३) सिद्देश्वर माध्यमिक विद्यालय

४) गोकुले माध्यमिक विद्यालय

५) चक्रेश्वर माध्यमिक विद्यालय

६) भैरव माध्यमिक विद्यालय

७) पार्वती माध्यमिक विद्यालय (२ कोठे भवन)

८) गणेश भारति माध्यमिक विद्यालय

९) राम माध्यमिक विद्यालय, चरुवा

१०) कृष्ण माध्यमिक विद्यालय, दाप्चा

११) भिमेश्वर माध्यमिक विद्यालय

१२) पञ्चकन्या माध्यमिक विद्यालय, वाल्टिङ्ग

१३) चण्डेनी माध्यमिक विद्यालय

१४) तपेश्वर माध्यमिक विद्यालय

१५) सुर्याेदय माध्यमिक विद्यालय

१६) ज्योती आधारभुत विद्यालय

१७) जनकल्याण आधारभुत विद्यालय

१८) कालिदेवी माध्यमिक विद्यालय

१९) सेतिदेवी माध्यमिक विद्यालय

२०) चैतन्य माध्यमिक विद्यालय

२१) विहावर आधारभुत विद्यालय

२२) चक्रज्योती माध्यमिक विद्यालय

२३) नागदेवी माध्यमिक विद्यालय

२४) जनमोहन माध्यमिक विद्यालय

२५) गणेश माध्यमिक विद्यालय

२६) पार्वती माध्यमिक विद्यालय (४ कोठा)

२७) गोकुले माध्यमिक विद्यालय

२८) गणेश माध्यमिक विद्यालय, शिखरपुर

२९) टासी बालविकास आधारभुत विद्यालय

३०) महाभारत आधारभुत विद्यालय

३१) भक्तेश्वर आधारभुत विद्यालय

३२) भगवती आधारभुत विद्यालय

३३) हरिसिद्धी आधारभुत विद्यालय

३४) मेन्दोखोला आधारभुत विद्यालय

३५) सेतीदेवी आधारभुत विद्यालय

३६) कालिकामालिका आधारभुत विद्यालय

३७) सुर्य हिमालय आधारभुत विद्यालय

३८) कपेर आधारभुत विद्यालय

३९) सिर्जनसिल जनता माध्यमिक विद्यालय

४०) जनविकास माध्यमिक विद्यालय (८ कोठे भवन)

४१) शुभचामुण्डा माध्यमिक विद्यालय