२४ घण्टामा २८० जना कोरोना संक्रमण पुष्टि


न्युज अफ नेपाल, काठमाडौं ।

नेपालमा पछिल्लो २४ घण्टामा २८० जना कोरोना भाइरसका संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ९ हजार १६८ जनामा पीसीआर परीक्षण गरिएकोमा २५५ जनामा र ३ हजार ६ जनामा एन्टीजेन परीक्षण गर्दा २५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

यसैगरी, पछिल्लो २४ घण्टामा ३६६ जना कोरोना मुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । सोही अवधिमा २ जना सङ्क्रमितको मृत्यु भएको छ । योसँगै कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ५४७ पुगेको छ ।

यसैगरी देशमा हालसम्म ६ हजार २३९ जना सक्रिय सङ्क्रमित रहेका छन् । पछिल्लो २४ घण्टामा २ लाख ८३ हजार १३२ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।