राष्ट्रिय सभा सदस्य निर्वाचनको कार्यतालिका सार्वजनिक


काठमाडौं, (नेस) । 

निर्वाचन आयोगले यही माघ १० गते सम्पन्न हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ ।

सो निर्वाचनमा भाग लिन चाहने राजनैतिक दलले निर्वाचन प्रयोजनका लागि पुस १ गतेदेखि १० गतेसम्म दर्ता गर्नुपर्ने गरी मिति तोकिएको आयोगले जनाएको छ ।निर्वाचन कार्यक्रमअनुसार पुस १७ गते निर्वाचन अधिकृतको कार्यालयमा मतदाता नामावली प्रकाशन हुने र सोही दिन प्रकाशित नामावलीमा नाम समावेश हुन छुट भएका व्यक्तिले आफ्नो नाम समावेश गर्नका लागि दरखास्त दिने, नाम समावेश भएको व्यक्तिले आप्mनो नाम थर उमेर, पद आदि सच्याउन दरखास्त दिने तथा प्रकाशित नामावलीमा उल्लेख भएका मतदाताको विरोधमा उजुरी दिने कार्यक्रम रहेको सहसचिव एवं प्रवक्ता शालिग्राम शर्मा पौडलेले जानकारी दिनुभयो ।

त्यसै गरी, पुस १८ र १९ गते निवेदन तथा उजुरीउपर छानबिन र कारबाही गर्ने तथा अन्तिम मतदाता नामावली प्रकाशन गर्ने कार्यक्रम रहेको छ । पुस २० गते उम्मेदवारको मनोनयनपत्र दर्ता गर्ने र मनोनयनपत्र दर्ता भएको उम्मेदवारको सूची प्रकाशन गर्ने, पुस २१ गते उम्मेदवारको विरोधमा उजुरी दिने अवधि तोकिएको छ ।

त्यस्तै, पुस २२ र २३ गते मनोनयनपत्र र उजुरीउपर छानबिन गरी निर्णय गर्ने तथा उम्मेदवारको नामावली प्रकाशन गर्ने, पुस २४ गते उम्मेदवारले नाम फिर्ता लिने, पुस २५ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने कार्यतालिका छ । पुस २५ गते नै उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने र तोकिएका मतदान केन्द्रमा माघ १२ गते बिहान ९ बजेदेखि अपराह्न ३ बजेसम्म मतदान हुने कार्यक्रम रहेको छ ।