सभापतिमा बानियां र केसीबीच पुन निर्वाचन

0
Shares

हेटौंडा ।

नेपाली कांग्रेस बाग्मती प्रदेश सभापति पदका तीन जना उम्मेदवारमध्ये कसैको पनि ५१ प्रतिशत मत नपुगेपछि पुनः मतदान हुने भएको छ ।

पहिलो चरणमा भएको निर्वाचनमा सभापति पदका उम्मेदवार इन्द्रबहादुर बानियाँले ९९२ मत ल्याएका छन् । जगदिश्वर नरसिंह केसीले ८७२ र भीमसेन दास प्रधानले १९७ मत पाएका छन् । अब दोस्रो चरणमा सबैभन्दा धेरै मत ल्याएका दुई जना (बानियाँ र केसी) बीच पुनः निर्वाचन हुने छ ।

१९७ मत ल्याएका प्रधानले बानियाँ र केसीलाई सहमति गर्न आग्रह गरेपछि अवस्था जटिल बन्दै गएको छ । प्रधानले दुबै जनालाई सहमति गर्न र आफु कसैको पक्षमा नलग्ने बताएका छन ।