थप ३१६ जनामा कोरोना संक्रमण पुष्टि, ३ जनाको मृत्यु


न्युज अफ नेपाल, काठमाडौं । पछिल्लो २४ घण्टामा थप ३१६ जनामा कोरोना भाइरस कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर १२ हजार ७२७ नमुना परीक्षण गरिएको थियो । पछिल्लो २४ घण्टामा २५९ जना भने संक्रमणमुक्त भएका छन् भने ३ जानाको मृत्यु भएको छ ।

हाल देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट भएको परीक्षणमा ८ लाख २१ हजार ६५१ र एन्टिजेन विधिबाट भएको परीक्षणमा ९५ हजार ५२९ जना रहेका छन् । त्यसमध्ये हालसम्म ८ लाख ३१ हजार ६८ जना निको भएका छन् भने मृतकको कुल संख्या ११ हजार ५२९ जना रहेको छ ।