आइपिएलमा रिटेन हुँदैछन् यी खेलाडी

0
Shares

काठमाडौँ । इएसपिएन क्रिकइन्फोको एक रिपोर्ट अनुसार आइपिएल ८ मध्ये ७ टिमले आफ्ना केही खेलाडी रिटेन गरेका छन् । रिपोर्ट अनुसार पञ्जाबले आफ्ना कुनै पनि खेलाडीलाई टिममा रिटेन गरेको छैन।

फ्रेन्चाइजले पुरै ९० करोडका साथमा मेघा अक्सनको तयारी गरेको छ। क्रिकइन्फोले रिटेन हुने खेलाडीको लिस्ट समेत सार्वजनिक गरेको छ। जसमा धोनी, कोहली र विलियम्सन जस्ता स्टार खेलाडी रहेका छन्।

यी खेलाडी हुँदै छन् रिटेन

चेन्नई सुपर किङ्स : रविन्द्र जडेजा, महेन्द्र सिंह धोनी, ऋतुराज गायकवाड, मोइन अली

कोलकाता नाइट राइडर्स : सुनील नारेन, आन्द्रे रसेल, वरुण चक्रवर्ती, बैंकटेश अय्यर

सनराइजर्स हैदराबाद : केन विलयमसन

मुम्बई इन्डियन्स : रोहित शर्मा, जसप्रित बुमराह

रोयल च्यालेन्जर्स बैंगलोर : विराट कोहली, ग्लेन म्याक्सवेल

दिल्ली क्यापिटल्स : ऋषभ पन्त,  पृथ्वी शाँ, अक्षर पटेल, एनरिक नोर्त्या

राजस्थान रोयल्स : सन्जु सैमसन यद्यपि रिटेनका विषयमा अहिलेसम्म आधिकारिक रूपमा कुनै पनि फ्रेन्चाइजले मुख खोलेका छैनन्।

के हुन्छ रिटेन प्रक्रिया

आगामी वर्ष हुने इन्डियन प्रिमियर लिग (आइपिएल)मा रिटेन्सन प्रक्रियाको आज अन्तिम दिन हो। आज सबै फ्रेन्चाइजले आफ्ना खेलाडीको लिस्ट बुझाउनु पर्नेछ। आइपिएल २०२२ मा पहिलो मेगा अक्सन हुन लागेको छ।

यो पटक दुई नयाँ टिम थपिएसँगै मेघा अक्सन हुन लागेको हो । हरेक टिमले कुल ४ खेलाडीलाई रिटेन गर्न सक्ने छन् । चार खेलाडीको रिटेन गर्ने खर्च ४२ करोड हुने छ। अक्सनका लागि एक टिमको पर्समा ९० करोड हुने छ।

पहिलेबाट आइपिएलमा रहेका टिमले आज रिटेन गर्ने चार खेलाडीको नाम बुझाउनु पर्ने छ। बाँकी खेलाडी भने मेघा अक्सनबाट बोली लगाउनु पर्ने छ। नयाँ टिमहरू लखनउ र अहमदाबादले भने १ देखी २५ डिसेम्बर सम्ममा तीन-तीन खेलाडीलाई अक्सन अघि अनुबन्धन गर्न पाउने छन्।