राष्ट्रिय सभाको निर्वाचन माघ १२ गते गर्ने निर्णय


काठमाडौं । सरकारले राष्ट्रिय सभाको निर्वाचन मिति माघ १२ गतेको लागि तोकेको छ ।

सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले आगामी माघ १२ गतेको लागि निर्वाचन मिति तोकिएको गृह सचिव टेकनारायण पाण्डेले जानकारी दिए । संविधानले राष्ट्रिय सभाका सदस्यको पदावधि सकिनुभन्दा ३५ दिन अगावै निर्वाचन गरिसक्नुपर्ने व्यवस्था गरेको छ । सोही अनुसार मन्त्रिपरिषद्को बैठकले निर्वाचनको मिति तय गरेको हो ।