कांग्रेस निर्वाचनमा युवाहरुको वर्चश्व


मोतीराम तिमल्सिना, काभ्रे ।

काँग्रेसको जिल्ला अधिवेशन सकिएको छ । जिल्ला अधिबेशनबाट सिटौला देउवा समुहका नेता तिर्थ लामा अत्याधिक मतले विजयी भए । काभ्रे कांग्रेसमा निर्वाचितहरु मध्ये केहि यसै वर्ष कृयाशिल सदस्य पाउने ब्यक्तिहरु छन् भने केहि युवा अवस्थामै महासमिति सदस्य हुने अवसर प्राप्त गरेका छन् ।

नेपाली कांग्रेसको विद्यानमा पहिलो पटक कृयाशिल प्राप्त गरेको ब्यक्ति निर्वाचनमा उम्मेदवार हुन नपाउने ब्यवस्था भए पनि निर्वाचन निर्देशिका परिवर्तन गरी सबै ब्यक्तिलाई उम्मेदवार हुन सक्ने अवसर प्रदान गरेसँगै नेपाली कांग्रेसको वडा, पािलका, क्षेत्रिय प्रतिनिधि, महाधिबेशन प्रतिनिधि र महासमिति सदस्यहरुमा युवाहरुको वर्चश्व रहेको हो ।

नेपाली कांग्रेसको अधिबेशनमा ३२ बर्षीय युवा पार्टीको महासमिति सदस्य निर्विरोध भएका छन् । १४ औं महाधिवेशन अन्तर्गत भएको निर्वाचनमा नमोबुद्ध नगरपालिका–११ निवासी ३२ बर्षीय रोशन तामाङ महासमिति सदस्य निर्विरोध भएका हुन् । कांग्रेसको विधान शंशोधन तथा विद्यानका बारेमा छलफल गर्न बस्ने महासमितिमा जिल्लाका र्विाचित मध्ये कान्छा कृयाशिल सदस्य रोशन निर्विरोध भएका हुन् । उनी मंसिर ६ गते भएको प्रनिनिधीसभा निर्वाचन क्षेत्र न १ को निर्वाचनमा उनी आदिवासी जनजाति कोटामा महाधिवेशन प्रतिनिधी निर्विरोध निर्वाचित भएका थिए । २५ जना महाधिवेशन प्रतिनिधीमध्येबाट छनोट हुने ११ महासमिति सदस्यमा पनि उनी सर्वसम्मत भएका हुन् ।

‘नसोचेको जिम्मेवारी प्राप्त भयो, प्राप्त जिम्मेवारीलाई पार्टीको हितमा कुशलतापूर्वक निर्वाह गर्छु,’ नवनिर्वाचित महासमिति सदस्य लामाले भने, ‘पदीय जिम्मेवारी अनुसार पार्टीलाई युवामैत्री बनाउन भुमिका खेल्छु ।’ पार्टीलाई विभिन्न तरिकाले सहयोग गरेका उनले पार्टीको कृयाशिल सदस्यता भने १४ औं महाधिवेशनमा मात्रै लिएका हुन् । वडा तहको अधिवेशनमा क्षेत्रीय प्रतिनिधी छनोट भएका उनी महाधिवेशन प्रतिनिधी र महासमिति पदमा पनि सर्वसम्मत भएका हुन् । जिल्लाका अन्य युवा पनि महाधिवेशन प्रतिनिधी निर्वाचित भएका छन् ।

तरुण दल काभ्रेका अध्यक्ष रहेका जितेन्द्रमान तामाङ (दावा), नेपाल विद्यार्थी संघका पूर्वसहमहामन्त्री माधव ढकाल, पूर्व केन्द्रीय सदस्य भोला नेपाल, नेपाल दलित संघका अध्यक्ष उस्पार सुनार, आदिवासी जनजाति संघ काभ्रेका अध्यक्ष रोशन लामा, बेलबहादुर तामाङ, सुन्दर तामाङ, विक्रम लामा, मञ्जु शाह ठकुरी, दुर्गामाया तामाङ लगायतका युवाहरु महाधिवेशन प्रतिनिधी चयन भएका छन् । ५० महाधिवेशन प्रतिनिधीमा युवाहरुको वर्चस्व छ । अधिकांश नयाँ कृयाशिल सदस्यहरुले जिम्मेवारी प्राप्त गरेका छन् ।

जिल्लामा यस्तो छ समिकरण

सिटौला देउवाको समिकरणबाट देउवा निकट तिर्थ लामासँग कांग्रेस नेता रामचन्द्र पौडेल, विमलेन्द्र निधी र प्रकाशनमान सिंह समुहबाट उम्मेदवार बनेका अच्युत पौड्यालले झिनो मत प्राप्त गरी पराजय भए । सिटौला समुहमा केन्द्रिय सदस्य शिव हुमागाई, देउवा समुहमा तीर्थ लामा सहभागि छन् भने पौडेल समुहमा पार्टी सभापति मधु आचार्य, निधी समुहमा महेश खरेल छन् भने सिंहको समुहमा कञ्चनचन्द्र बादे सहभागि छन् । पार्टी सभापति समेत रहेका आचार्य समुह जिल्लामा कमजोर देखिएको छ । प्रतिनिधि सभा क्षेत्र नम्वर २ को सभापतिमा महेश खरेल र सोहि प्रदेशको ख मा रामहरी श्रेष्ठ बाहेक अधिकाशं पदमा सिटौला देउवा समुह विजयी भएको छ । जिल्ला समितिमा सर्वसम्वत भएका दुई सदस्य बाहेक बाँकी ६१ पदमा सिटौला देउवा समुहका विजयी भएका छन् ।

फराकिलो मतान्तरले विजयी भएका उम्मेदवारहरुले परिणाम आए लगत्तै पार्टी भित्रकै एकाधिकार अन्त्य हुने बताएका थिए । सोहि समुहबाट उपसभापतिमा रमेशप्रसाद हुमागाई र ठाकुर न्यौपाने, सचिवमा गुणराज मोक्तान र माधव ढकाल, सह सचिवमा समिर ब्याञ्जु श्रेष्ठ र रविन्द्रनाथ सिग्देल विजयी भएका छन् । उनिहरुले उपसभापतिमा शंकरदास लामा, गोविन्दबहादुर थापा, सचिवमा कमलबहादुर तामाङ र दिनेश भुर्तेल, सह सचिवमा रञ्जिव श्रेष्ठ र विनोद गौतम पराजित भएका थिए । स्वतन्त्र उपसभापति पदमा उम्मेदवार दिएका देवराज लामा पनि पराजित भएका छन् । खसेको मत मध्ये १६४६ तीर्थ लामाले प्राप्त गरेका छन् भने निकटतम प्रतिद्वन्द्वी अच्युत पौडेलले ७७० मत प्राप्त गरेका छन् । २५४४ मतदाता मध्ये ७६ मत खसेन । २४६८ मतदाताले खसालेको मतमा ५२ मत बदर भएको हो । निर्वाचनमा काँग्रेसमा समाहित भएको फोरमका अधिकांश नेताहरु पराजित भएका छन् । निर्वाचित भएकाहरु मध्येबाट कोषाध्यक्ष पदमा मनोनयन हुनेछ ।