वीरगन्जमा भारतीय ट्रक सिराहामा घुस लिँदै भन्सार काटे, प्रहरी प्रशासनलाई चुनौती


प्रदिप सिहं, लहान  ।

भन्सार छली गरी नेपाल ल्याएको दूई वटा ट्रक सिरहाको धनगढीमाई नगरपालिकामा फेला परेको छ । भन्सार छली गरी बर्षोदेखि धनगढीमाई ९ मुसहर नियाको एक पुलवारिमा राखिएको छ । भन्सार छलीको ट्रकबारे जिल्ला ट्राफिक कार्यालय लहानलाई जानकारी भए लगतै मंसिर १३ गते दिउँसो १।३० तीर प्रहरीले सो स्थलमा पुगेका थिए ।

त्यस लगतै भन्सार कार्यालय सिरहा माडरलाई जानकारी भए । मडार भन्सारले एक वर्षभित्र यस्तो ट्रकको भन्सार नकाटेको जानकारी गराए । त्यस लगतै जिल्ला ट्राफिक कार्यालय लहानबाट इन्स्पेक्टर दानबहादुर मिरिँगचिँग त्यस ट्रक भएको स्थलमा पुगे । ट्राफिक इन्स्पेक्टर ४ बजेतिर त्यहाँ पुग्दा भन्सारको कागजात नभएको देखियो । त्यसपछि मंसिर १३ गतेकै मितिमा दिउँसो ५ बजेर १९ मिनेटमा काटिएको रसिदसहित इन्स्पेक्टर मिरिँचिँगलाई थमाएको छ । इन्स्पेक्टर मिरिँचिँगले साँझ ७ बजेतिर पत्रकारलाई सो रसिद इमेल गरेको छ ।

बर्षोदेखि भन्सार छली गरी राखिएको ट्रकको जाँच पडताल हुँदा वीरगन्ज भन्सारले घुस लिएर भन्सार काटिएको स्थानीयको दावी छ । वीरगन्ज भन्सार नपुगेका ट्रकको भन्सार कसरी काटियो रु स्थानीयले प्रश्न गरेको छ । भन्सार कार्यालय वीरगन्ज सम्पर्कविहीन बनेको छ ।

प्रहरी प्रशासन र केही नेताहरूको मिलेमतोमा उक्त ट्रकको भन्सार छली भएको रहस्य खुलेको छ । धनगढीमाई नगरपालिकाका उपमेयर फुलकुमारी श्रेष्ठको घर छेउ नजिकै स्थानीय राजकुमार मोक्तानको खाली जग्गामा उक्त ट्रक राखिएको छ । नाम नखोल्ने सर्तमा एक जनाले भने उक्त ट्रकलाई संरक्षण गर्नमा ठुलो पहुँचवालाको संलग्नता छ , ’त्यसैले सत्य तथ्य छानबिनका लागि प्रहरी प्रशासनलाई चुनौती छ ।