कमल थापालाई पशुपति शम्शेर जबराको समर्थन


काठमाडौं । 

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमल थापाले आज भृकुटीमण्डप स्थित राष्ट्रिय सभा हलमा अध्यक्ष पदको उम्मेदवारी घोषणा गरेका छन् ।
औपचारिक घोषणा सभा कार्यक्रममा अर्का अध्यक्ष पशुपतिशमशेर राणाले कमल थापालाई समर्थन गरेका छन् ।

जबरा पक्षका नेता ध्रुवबहादुर प्रधान, धर्मराज जोशी, जितबहादुर शाही, जयन्त चन्द लगायतका नेताहरु सहभागी भए । प्रधानले अध्यक्ष जबराको समर्थन कमल थापालाई रहेको जानकारी दिए । उनी थापाको समूहबाट उपाध्यक्षमा उम्मेदवारी दिने तयारीमा छन् ।

जबरा समूहका नेता भुवन पाठक थापाकै समूहबाट महामन्त्रीको उम्मेदवारी दिने घोषणा गरिसकेका छन् । थापाको उम्मेद्वारी घोषणा सभामा जबरा उपस्थित नभएपनि उनी पक्षका नेताहरु भने सहभागी थिए । जबराले पनि पार्टी एकताको लागि उम्मेद्वारी नदिएर आफूलाई सहयोग गर्ने थापाले बताए ।

पार्टीलाई एकताबद्ध गर्न मलाई साथ हुने बताउनु भएको छ, ’ उनले भने । वरिष्ठ सबै नेताको आफूलाई साथ रहेको बताएपनि दुबै नेता उनको घोषणा सभामा उपस्थित थिएनन् । राणाको समर्थन भएसङ्गै कमल थापाले जित्ने सुनिश्चित देखिएको छ ।