एमाले महाधिवेशनमा १६ सयभन्दा बढी मत खस्यो, मत परिणाम आजै


न्युज अफ नेपाल, काठमाडौं ।

चितवनको सौराहमा नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि मतदान भइरहेको छ । बिहान ४ बजेदेखि बिहान सवा ९ बजेसम्ममा १ हजार ६ सयभन्दा धेरै मत
खसेको एमालेको केन्द्रीय निर्वाचन आयोगले जनाएको छ ।

आयोगका अनुसार अहिले पनि मतदान गर्नेको लामो लाइन छ । बिहान साढे ११ बजेसम्ममा मतदान सकिने अनुमान गरिएको छ । विद्युतीय भोटिङ मेसिनमा मतदान भइरहेकाले उत्साहजनक रुपमा मतदान भइरहेको छ । एमालेको अध्यक्ष, उपाध्यक्ष र सचिवसँगै विभिन्न क्लस्टरका केन्द्रीय सदस्यमा पनि मतदान भइरहेको छ । चितवनको सौराहामा भइरहेको महाधिवेशनले १९ सदस्यीय पदाधिकारीसहित ३०१ सदस्यीय केन्द्रीय कमिटी चयन गर्नेछ ।