भीम रावललाई भोट नहाल्न भन्दै ओली पक्षले बाँड्यो सूची



न्युज अफ नेपाल,  काठमाडौं ।

चितवनमा जारी एमालेको नयाँ नेतृत्व चयनका लागि भएको मतदानमा अध्यक्षका उम्मेदवार केपी शर्मा ओली पक्षले आफ्नो समूहका उम्मेदवारको सूची तयार गरेर प्रतिनिधिलाई वितरण गरेको छ ।

एमालेको नयाँ नेतृत्व चयनका लागि भइरहेको मतदानमा ओली पक्षले अध्यक्षका प्रत्यासी भीम रावल, उपाध्यक्षका घनश्याम भुसाल, सचिवका भीमप्रसाद आचार्य, टंकप्रसाद कार्कीलगायत उम्मेदवारलाई भोट नहाल्न भन्दै प्रतिनिधिहरूलाई पर्चा बाँडेको हो ।बन्दसत्र हलमा वाचन गरेका नाममा मात्र भोट हाल्न भन्दै ओली पक्षले महाधिवेशन प्रतिनिधिलाई पर्चा बाँडिरहेको हो ।

मतदान अहिले पनि होटल सेभेन स्टार परिसरमा जारी छ । राति २ बजेबाट मतदानको कार्यतालिका तय भएपनि बिहान ४ बजेबाट मात्र मतदान सुरु भएको हो ।

प्रतिक्रिया दिनुहोस्