एमाले दसौं महाधिवेशन : ७२ मेसिनमा मतदान हुने


न्युज अफ नेपाल, काठमाडौं ।

नेकपा एमालेको महाधिवेशनको आज सोमबार मतदान हुँदैछ । एमाले निर्वाचन आयोगले प्रकाशित गरेको कार्यतालिका अनुसार सोमबार राति ९ बजेदेखि बिहान ३ बजेसम्म मतदान हुनेछ ।

मतदानमा ७२ वटा विद्युतीय मेसिन प्रयोग हुने भएको छ। मतदानका लागि ७२ मेसिन प्रयोग गर्न लागिएको हाे । एमाले महाधिवेशनमा २२ सय ८७ प्रतिनिधि सहभागी छन् । मतदान सम्पन्न भएको ३ घण्टामा मतपरिणाम आउने एमालेले बताएको छ।

यसअघि एमाले महाधिवेशनअन्तर्गत शनिबारको बन्दसत्रमा केपी ओलीको प्रस्तावमा ३०१ केन्द्रीय कमिटीसहितको नामावली सार्वजनिक भएको थियो । जसमा १९ जना पदाधिकारीको सूचीसमेत सार्वजनिक गरिएको छ।