भारतकाे सहयोगमा दार्चुलाका २ विद्यालय भवन उद्घाटन


काठमाडौँ ।

भारत सरकारको १ करोड २७ लाख रूपैयाँ आर्थिक सहयोगमा दार्चुलामा बनाइएको विद्यालय भवनको उद्घाटन गरिएको छ । दार्चुलाको तिंकरमा अवस्थित मोती महिला संघ प्राथमिक विद्यालयको नयाँ विद्यालय भवनको हिजो आइतबार भारतीय राजदूतावासका नियोग उप–प्रमुख नामग्य सी। खम्पाले उदघाटन गरेकी हुन् ।

सो समारोहमा जिल्ला समन्वय सिमिति, दार्चुला तथा विद्यालय व्यवस्थापन समिति र स्थानीय प्रतिनिधिहरुको सहभागिता थियो ।सन् १९६० मा स्थापना भएको यस विद्यालयले लामो समयदेखि गुणस्तरीय प्राथमिक तहको शिक्षा प्रदान गर्दै आएको छ । यस विद्यालयमा अध्ययनरत अधिकांश विद्यार्थीहरु दार्जुला जिल्लाका सीमान्तकृत तिंकरी र भुटिया समुदायका रहेका छन् । हाल विद्यालयमा अध्ययनरत ३९१ विद्यार्थीमध्ये ५० प्रतिशत छात्रा रहेका छन् । यस नवनिर्मित भवनले ग्रामीण क्षेत्रको सिकाई वातावरणलाई सुधार गर्नुका साथै सो जिल्लाको शैक्षिक विकासमा टेवा पु¥याउने भारतीय दूतावासले जनाएको छ ।

सोही दिन भारत(नेपाल विकास सहकार्य अन्तर्गत भारत सरकारको २ करोड ३३ लाख रूपैयाँ आर्थिक सहयोगमा दार्चुलाकै महाकाली–७ धापस्थित श्री मालिकार्जुन नमुना माध्यमिक विद्यालयको नयाँ विद्यालय भवनको पनि उद्घाटन गरिएको छ । सन् १९६६ मा स्थापना भएको यो विद्यालय सन् १९८४ मा माध्यमिक तहमा स्तरोन्नति भएको हो । यो विद्यालय सुदूरपश्चिम क्षेत्रमा अवस्थित छ । विद्यालयमा अध्ययनरत सबै विद्यार्थीहरुलाई राख्न यसअघिको पूर्वाधार अपर्याप्त थियो

भारत सरकार र नेपाल सरकारबीच भएको सम्झौता अनुरुप यी परियोजनाहरुलाई ‘उच्च प्रभाव सामुदायिक विकास परियोजना’का रुपमा अघि बढाइएको दूतावासले जनाएको छ । यी परियोजनाहरुको कार्यान्वयन क्रमशः जिल्ला समन्वय समिति, दार्चुला र महाकाली नगरपालिका, दार्चुलाले गरेका हुन् ।

सन् २००३ यता भारतले नेपालमा नेपालमा ५२३ भन्दा बढी उच्च प्रभाव सामुदायिक विकास परियोजनाहरु अघि बढाइसकेको दूतावासको दाबी छ । हालसम्म ४५९ वटा परियोजनाको निर्माण सम्पन्न भइसकेको छ जसमध्ये दार्चुला जिल्लाका ६ गरी सुदूरपश्चिम प्रदेशमा ३२ वटा रहेका छन् ।