पदाधिकारी नपाएपछि केन्द्रीय सदस्य पनि नबन्ने लालबाबु पण्डितको घोषणा


न्युज अफ नेपाल, काठमाडौं ।

नेकपा (एमाले) का नेता लालबाबु पण्डितले आजदेखि सम्पूर्ण कार्यकारी पदबाट विदा लिएको घोषणा गरेका छन् । उनले सामाजिक सञ्जाल फेशबुकमार्फत यस्तो घोषणा गरेका हुन् ।

उनले लेखेका छन्–‘आजदेखि सम्पूर्ण कार्यकारी पदबाट बिदा लिँदै दसौ महाधिवेसनबाट सम्पूर्ण बिजयी कमरेडहरुलाई सफल कार्यकालको हार्दिक शुभकामना ।