एमाले अध्यक्षमा केपी ओलीको उम्मेदवारी दर्ता


न्युज अफ नेपाल, चितवन ।

नेपाल कम्युनिष्ट पार्टी (एमाले)मा अन्तत निर्वाचन हुने भएको छ । अध्यक्षमा भीम रावलले उम्मेदवारी दिएपछि अध्यक्ष केपी शर्मा ओलीले पनि उम्मेदवारी दर्ता गराएका हुन ।

एमालेमा सर्वसम्मतबाटै नेतृत्व चयनको प्रयास गरिएको थियो । अध्यक्षमा भीम रावल र उपाध्यक्षमा घनश्याम भुसालले उम्मेदवारी दिएपछि ती पदमा चुनाव हुने भएको छ । रावल सोमबार बिहान उम्मेदवारी दर्ता गराइसकेका छन् ।