निर्वाचन समितिका संयोजक यादवको राजीनामा


काठमाडौं, (नेस) । 

नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिका संयोजक वरिष्ठ अधिवक्ता महादेवप्रसाद यादवले राजीनामा दिनुभएको छ । केन्द्रीय महाधिवेशनको मुखमा यादवले दिएको राजीनामा स्वीकृत गरी सभापति शेरबहादुर देउवाले उहाँको स्थानमा सोही समितिका वरिष्ठ सदस्य गोपालकृष्ण घिमिरेलाई मनोनयन गर्नुभएको छ ।

कांग्रेस केन्द्रीय कार्यालयका कार्यवाहक मुख्य सचिव डा. प्रदीप पराजुलीले घिमिरे निर्वाचन समितिको संयोजकमा मनोनित भएको जानकारी दिनुभएको हो । आन्तरिक विवादका कारण निर्वाचन समितिले तोकेको समयसीमाभित्र तल्लो तहको अधिवेशन गर्न कठिनाइ भएको भन्दै यसअघि पनि यादवले राजीनामा दिनुभएको थियो ।

तर, त्यति बेला उहाँको राजीनामा स्वीकृत भएको थिएन । तर, अहिले धेरै विवाद समाधान भई तल्लो तहको सबै अधिवेशन सम्पन्न हुन लागेका बेला किन राजीनामा दिनुभयो भन्नेबारे नेपाल समाचारपत्रको जिज्ञाशामा यादवले भन्नुभयो– ‘मैले काम गर्न पनि भ्याइनँ र अस्वस्थ पनि भए ।