कांग्रेस रूपान्तरणका लागि पौडेलको १० सूत्र


 काठमाडौं ।

आसन्न महाधिवेशनबाट नेतृत्व लिने रणनीतिमा लागेका वरिष्ठ नेता रामचन्द्र पौडेलले कांग्रेस रूपान्तरणका लागि १० सूत्र अघि सार्नुभएको छ । कांग्रेस रूपान्तरणका लागि नेतृत्व मात्र परिवर्तन गरेर नहुने भन्दै उहाँले आपूmले अघि सारेको १० सूत्रलाई अभियानकै रूपमा अघि बढाउन आवश्यक रहेको पनि बताउनुभएको छ ।

‘वर्तमान संविधानलाई निष्ठापूर्वक कार्यान्वयनमा ल्याउँदै समावेशी नेपाल साकार पारौं’ भन्दै वरिष्ठ नेता पौडेलले कांग्रेसजनले पार्टी विधानको मर्यादामा रहेर न्याय, निष्पक्षता र पारदर्शी मूल्यांकनसहित आन्तरिक लोकतन्त्र र पार्टी एकता मजबुत पार्नुपर्नेमा जोड दिनुभएको छ । विकृति, विसंगति र भ्रष्टाचारलाई तह लगाउँदै देशमा समृद्धि र सुशासन कायम गर्नुपर्ने भन्दै उहाँले राजनीतिलाई सम्मानित क्षेत्र बनाउन सिद्धान्त र विचारको बहसलाई अघि बढाउनुपर्ने र राजनीतिमा निष्ठा र नैतिकता स्थापित गर्न संघर्ष गर्नुपर्ने बताउनुभएको छ ।नेता पौडेलले अघि सार्नुभएको १० सूत्रमध्ये पाँचौं सूत्रमा आर्थिक, सामाजिक, सांस्कृतिक र राजनीतिक रूपले पछि पारिएका महिला, दलित, जनजाति र मधेसी तथा विपन्न जनता केन्द्रित नीति र कार्यक्रम अघि सार्दै कांग्रेसलाई ‘¥याडिकल सेन्टर’ को बाटोमा हिँडाउने उल्लेख गर्नुभएकोे छ । त्यस्तै, छैटौं सूत्रमा भनिएको छ– ‘निमुखालाई न्याय, विपन्नलाई आय हाम्रो मूल ध्येय हो । राज्यको सम्पति र स्रोतमाथि एउटै वर्ग र तप्काको मात्रै हालिमुहाली भएमा त्यो लोकतन्त्र हुन सक्दैन ।

’ उहाँले स्रोत र अवसरको असमान वितरणले अन्ततः लोकतन्त्रलाई नै धरापमा पार्ने बताउनुभएको छ । मानिसलाई विशुद्ध मानिसका रूपमा हेर्ने सहानुभूतिशील दृष्टिकोण हाम्रो समाजवाद रहेको भन्दै उहाँले भन्नुभएको छ– ‘स्वच्छन्दतावादी पुँजीवाद र एकमार्गी साम्यवाद दुवैबाट पृथक् छ, लोकतान्त्रिक समाजवाद । पहिले सबै बाँचौं अनि प्रतिस्पर्धा गरौं । राज्य अदना जनताप्रतिको जिम्मेवारीबाट पन्छिन सक्दैन । तर, जतासुकै हस्तक्षेप पनि गर्दैन ।’विधिको शासन, समयवद्ध कार्यसम्पादन, चिन्तन र कर्मको संयोजन कर्मशील कांग्रेसको नारा हो भन्दै पौडेलले कांग्रेस रूपान्तरणको सातौं सूत्रमा सैद्धिान्तिक स्पष्टता र ऊर्जाशील प्रस्तुति तन्नेरी कांगेसको निश्छल चरित्र हुनुपर्छ भन्नुभएको छ । कसैका एजेन्डा बोक्न पर्दैन, आफ्ना एजेन्डा छोड्न पर्दैन भन्दै उहाँले ००७ सालदेखि समान्तविरोधी एजेन्डा बोकेको कांग्रेस, जसले २०१५ सालमा दुईतिहाइ जनसमर्थन प्राप्त ग¥यो, त्यही लोकतान्त्रिक समाजवादको सैद्धान्तिक आलोकमा कांग्रेसलाई उजिल्याउन अथक प्रयास गर्नुपर्ने बताउनुभएको छ ।

सबै जनतालाई खान लाउन पुग्ने कृषिक्रान्ति र पर्यटनको विस्तार गर्नुपर्ने धारणा अघि सार्दै वरिष्ठ नेता पौडेलले देशलाई समृद्ध पार्न ऊर्जाक्रान्ति र आफ्नै विशेषता र सम्भाव्यतासहितको औद्योगिक क्रान्ति गर्नुपर्ने उल्लेख गर्नुभएको छ ।नेपाली विशेषता पहिचान गर्दै देशभक्तिको मर्म छुने, असंलग्नतामा आधारित हाम्रो राष्ट्रवादको विचारलाई अघि बढाउने बुँदालाई नवौं सूत्रमा समेटेको पौडेललको दशौ सूत्रमा भन्नुभएको छ– ‘कम्युनिस्टले छरेका भ्रम र झूटा आश्वासनबाट नेपाली जनतालाई मुक्त गर्दै नेपाली कांग्रेस विचार शून्य र दिशाहीन छैन भन्ने प्रमाणित गर्दै यसलाई नेपाली जनताको भरोसाको केन्द्र बनाऔं ।