महाधिवेशनमा जनसागर उर्लनुमा मेरो पनि हात छ: दुर्गा प्रसाईँ


न्युज अफ नेपाल, काठमाडौं ।

मेडिकल कलेज सञ्चालक दुर्गा प्रसाईँले एमालेको दशौँ महाधिवेशनमा जनसागर उर्लनुमा आफ्नो पनि हात रहेको बताएका छन् । चितवनको नारायणी नदी किनारमा एमालेको १० औँ महाधिवेशन उद्घाटन समारोहमा जनसागर उर्लनुमा केपी ओलीको मात्रै नभई आफ्नो पनि हात रहेको उनले दाबी गरेका हुन ।

प्रसाईँले एमाले प्रवेश गरेपछि ओलीको क्रेज बढेको बताएका छन् । प्रसाईँ हालै एमाले प्रवेश गरेका थिए । महाधिवेशन उद्घाटन समारोहमा एमालेले पाँच लाख मानिस उतारेको दाबी गरेको छ ।