जाजरकोटमा बस दुर्घटना हुँदा ५ को मृत्यु २७ जना घाइते


बासुदेव शर्मा, जाजरकोट ।

जाजरकोटमा बस दुर्घटना हुँदा ५ जनाको घटना स्थलमै मृत्यु भएको छ भने २८ जना घाइते भएका छन् । नेपालगन्ज देखि रुकुम पश्चिम राडी बजारको लागी छुटेको ना ६ ख २७५७ नम्बरको रात्रि बस आइतबार बिहान करिब २ बजे भेरी नगरपालिका १३ बरा चउर नजिक दुर्घटना भएको हो ।

जाजरकोटका प्रहरी नायव उपरीक्षक मधु कुमार थापाका अनुसार बसमा ३२ जना यात्रु सवार हरेको थिए । बस दुर्घटना हुँदा ५ जनाको घटना स्थलमै मृत्यु भएको छ भने २७ जना घाइते भएका छन् । घाइते २७ जनालाई प्रहरीले आफ्ना दुई वटा गाडी र बसमा उद्धार गरी जिल्ला अस्पताल जाजरकोटमा ल्याएको प्रहरी प्रमुख थापाले बताउनु भयो ।

रातिको समयमा बस दुर्घटना हुँदा उद्धार कार्यमा ढिलाइ भएको प्रहरी प्रमुख थापाको भनाई छ ।बस सडक भन्दा करिब १ सय ५० मिटर तर खसेको थियो । दुर्घटनामा मृत्यु भएकाहरूको सनाखत भइरहेको प्रहरीले जनाएको छ ।