३३ जिल्लाको अधिवेशन परिणाम : १७ जिल्लामा पौडेल पक्ष, १६ मा देउवा पक्षका सभापति निर्वाचित


न्युज अफ नेपाल, काठमाडौं ।

कांग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत ३३ जिल्लाको अधिवेशनको मत परिणाम सार्वजानिक भएको छ । केन्द्रीय निर्वाचन समितिका अनुसार दोस्रो चरणमा १९ जिल्लाको अधिवेशन भएको हो ।

१४ हिमाली जिल्लाको अधिवेशन त्यसअघि नै भइसकेको थियो । ३३ जिल्लाको परिणाम आउँदा वरिष्ठ नेता रामचन्द्र पौडेल समुह बलियो देखिएको छ । पौडेल समुहले १७ जिल्ला सभापतिमा जीत हात पारेको छ भने देउवा पक्षले १६ जिल्लामा सभापतिमा जीत निकालेको छ । केन्द्रीय निर्वाचन समितिका अनुसार पछिल्लो पटक खोटाङमा विष्णु राई, स्याङ्जामा राजु थापा, पाल्पामा हिमालदत्त श्रेष्ठ सभापतिमा निर्वाचित भएका छन् । यी तीनै जना वरिष्ठ नेता पौडेल समुहका हुन् ।
संस्थापन पक्ष अर्थात् देउवानिकट सभापतिहरू
डोटी – नरेन्द्रबहादुर सिंह
डोल्पा– दीपेन्द्रबहादुर शाही
जुम्ला – कर्णबहादुर शाही
जाजरकोट – बेदराज सिंह
ओखलढुंगा– तेजेन्द्र खनाल
लमजुङ – टकराज गुरुङ
डडेलधुरा – भीमबहादुर साउद
पाँचथर – रुपनारायण जवेगु
सल्यान – केसबहादुर बिष्ट
मनाङ – शंकर गुरुङ
बझाङ – खडक बोहरा
हुम्ला – मोहनविक्रम सिंह
ताप्लेजुङ – गजेन्द्र तुम्याहाङ
रामेछाप – कान्छाराम तामाङ
मुगु – ऐनबहादुर शाही
म्याग्दी – खमबीर गर्बुजा

पौडेल समूहनिकट सभापतिहरू
खोटाङ– विष्णु राई
पाल्पा– हिमालदत्त श्रेष्ठ
स्याङ्जा– राजु थापा
रोल्पा –किशोर आचार्य
रुकुम पश्चिम– प्रेमप्रकाश वली
तेह्रथुम–अर्जुनबहादुर तुम्बाहाङ्फे
भोजपुर – विनोद बान्तावा
प्यूठान – विष्णुकुमार गिरी
अर्घाखाँची – केशव श्रेष्ठ
बैतडी – चतुरबहादुर चन्द
रुकुमपूर्व – केशरमान रोका
मुस्ताङ – रोमी गौचन थकाली
संखुवासभा – दीपक खड्का
गोरखा – नन्दप्रसाद न्यौपाने
दोलखा – बर्मा लामा
कालीकोट – अम्मबहादुर शाही
बाजुरा – रामसिंह रावल