देशभर चिसो बढ्यो, काठमाडौंकाे तापक्रम ९ डिग्री सेल्सियस


न्युज अफ नेपाल, काठमाडौं ।

मुलुकभर जाडो बढ्दै गइरहेको बेला आइतबार देशभरको मौसम सामान्यतया सफा रहे पनि केही स्थानमा आंशिक बदली रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

दिउँसो देशको पहाडी भेगमा आंशिक बदली हुने र केही स्थानमा हल्का वर्षाको संभावना रहेको मौसमविदले जानकारी दिएका हुन् ।

बाँकी स्थानमा दिनभर मौसम सामान्यतया सफा रहने विभागले उल्लेख गरेको छ । काठमाडौँ उपत्यकामा आजको न्यूनतम तापक्रम ९ डिग्री सेल्सियस मापन गरिएको छ ।अधिकतम तापक्रम र न्यूनतम तापक्रमबीच लामो दूरी धेरै समयसम्म कायम रहेमा जाडो बढी महसुस हुने मोसमविदको भनाई छ ।