सल्यानमा एक जनाको हत्या गरी जलाएको आरोपमा दुई महिला पक्राउ


नेपाल समाचारपत्र, सल्यान  । 

सल्यानमा देवरलाई  हत्या गरी जलाएको आरोपमा दुई जना महिला पक्राउ परेका छन् । पक्राउ पर्नेमा शारदा नगरपालिका ५ रानी कोट गैरीगाउँका आफ्नै भाउजू नाता पर्ने २६ वर्षीय लक्ष्मी चन्द र छिमेकी  २५ वर्षीय भाउजू नाता पर्ने राधा पौडेलले रहेको जिल्ला प्रहरी कार्यलय सल्यानले जनाएको छ ।

उनीहरूले बिहीबार राति दुई जना मिलेर घरकै देवर नाता पर्ने  ३० वर्षीय शेर बहादुर चन्दको हत्या गरी जलाएको अवस्थामा शव भेटिएको प्रहरी निरीक्षक श्याम प्रसाद यादवले जानकारी दिनु भयो । उहाँका अनुसार हत्या गरी घर नजिकै ५० मिटर टाढाको स्थानमा   राति नै जलाएर बासको झाडीमा फालेको अवस्थामा शव भेटिएको हो । घटना रातिको भए पनि शुक्रवार बिहान ११ बजे मात्र प्रहरीलाई जानकारी आएको थियो ।

 उनीहरूले देवरको राति नै हत्या गरेर लासलाई  छुट्टाछुट्टै दुई स्थानमा जलाएको र शव नजलेपछि बास घारीमा आधा जलेर फालेको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।मृतककी भाउजू लक्ष्मी चन्दले शुक्रवार बिहान सदरमुकाममा खलङ्गामा रहेको बैंकमा पैसा निकाल्न गएको बेला स्थानीय अटो चालक सँग देवरले आफलाइ बलात्कार गर्न खोज्दा घटना भएको बारे भन्दै आफलाइ बचाइदिन अनुरोध गरेपछि घटना बाहिर आएको हो ।

घटनाको प्रकृति हेर्दा हत्या नै भएको र शव आधा जलेको अवस्थामा भेटिएपछि सबुत प्रमाणमा मोबाइल, कपडा समेत जलाएर नष्ट गरेको देखिएको प्रहरी जनाएको छ  ।  घटनामा संलग्न दुई जना महिलालाई पक्राउ गरी अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यलय सल्यानले जनाएको छ ।