महाधिवेशन प्रतिनिधि आफ्नो ६० अर्कोको ४० प्रतिशत 

देउवा–पौडेल पक्षको दाबी


रामकृष्ण चापागाईं, काठमाडौं  । 

क्षत्रिय अधिवेशनको नतिजा आउन तालेसँगै महाधिवेशन प्रतिनिधिहरूको जोर घटाउमा एकले अर्कोलाई कमजोर देखाउँदै नेतृत्वका दाबेदार नेताहरूको सचिवालयले समाचार सार्वजनिक गर्न थालेको छ ।

आसन्न महाधिवेशनबाट पुनः नेतृत्व लिने दाउमा रहनुभएका सभापति शेरवहदार देउवा र सभापतिका आकाक्षि वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षको सचिवालयले नेपाली काग्रेस सूचना केन्द्रको नाममा आ–आफ्नो पक्ष बलियो रहेको भन्दै भ्रमपूर्ण समाचारहरु सार्वजनिक गरिरहेको छ । एउटाले प्रारम्भिक नतिजा देउवाको पक्षमा र अर्कोले प्रारम्भिक नतिजा पौडेलको पक्षमा भन्दै सचिवालयको हवला दिँदै सार्वजनिक गरिएको समाचारमा एक पक्षले अर्को पक्षलाई निकै कमजोर देखाइएको छ ।

पौडेल सचिवालयले हालसम्मको नतिजामा आफ्नो पक्षको ६० प्रतिशत महाधिवेशन प्रतिनिधि आएको जनाएको छ भने देउवा पक्षमा ४० प्रतिशत महाधिवेशन प्रतिनिधि आएको जनाएको छ । देउवा सचिवालयले यसको ठिक उल्लो आफ्नो पक्षमा ६० पौडेलको पक्षमा ४० प्रतिशत महाधिवेशन प्रतिनिधि आएको जनाएको छ ।आसन्न महाधिवेशनमा नेतृत्व दावी गरिरहनु भएका पौडेल सचिवालयले संस्थापन इतर पक्ष एक नभए नेतृत्व देउवाको पक्षमा जाने स्वीकारेको छ ।

‘रामचन्द्र पौडेल, डा।शशाङ्क कोइराला, प्रकाशमान सिंह र डा।शेखर कोइरालाबिच आपसमा एकता कायम हुँदा ६० प्रतिशत शक्ति आर्जन गर्ने देखिएको छ ।’ हाम्रो टिमको कुल शक्ति ६० प्रतिशत देखिएको छ भन्दै पौडेलको सचिवालयले भनेको छ– आन्तरिक एकता कायम गरेर साझा उम्मेदवार दिन सक्यौ भने जुनसुकै अवस्थामा केन्द्रीय महाधिवेशन जित्छौँ ।

देउवाको सचिवालयले तयार पारेको विवरण अनुसार भने महाधिवेशन प्रतिनिधिको नजिता हेर्दा देउवाले पहिलो चरणमै ५१ प्रतिशत भन्दा बढी मत ल्याएर सभापति जित्ने उल्लेख छ । यस पटक देउवा पक्षका ५५ प्रतिशत महाधिवेशन प्रतिनिधि आउने विश्लेषण  गर्दै देउवा सचिवालयले भनेको छ– पौडेल पक्ष भनिएका डा।शशाङ्क कोइराला, प्रकाशमान सिंह र डा।शेखर कोइरालाबिच एकता भए पनि त्यो पक्षको ४५ प्रतिशत भन्दा बढी महाधिवेशन प्रतिनिधि हुँदैन ।