झापाबाट ९ जना जुवाडे पक्राउ


भद्रपुर ।

जुवाको अखडा बनेको झापाको दमकबाट फेरि ९ जना जुवाडे पक्राउ परेका छन् । मङ्गलबार दिउँसो दमक ५बस्ने टेकबहादुर कार्कीको घरको कोठाभित्र जुवाजन्य तास खेलिरहेको भन्ने गोप्य सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय दमकबाट गएको प्रहरी टोलीले छापा मारेर पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

प्रहरीले तीन बुङ तास र नगद २९ हजार ७ सय ४५ रुपैयाँसहित जुवाडे पक्राउ गरेको जिल्लाका एसपी सानुराम भट्टराइले जानकारी दिनुभयो ।

पक्राउ पर्नेहरुमा घरधनी दमक ५ का ४६ वर्षिय टेकबहादुर कार्की , सोही ठाउँका ५१ वर्षिय कुशराज खत्री, ५४ वर्षिय सुरेश भण्डारी , ३८ वर्षिय नारायण कडरिया,२९ वर्षिय प्रदिप थापा,४१ वर्षिय सूर्य न्यौपाने, ४८ वर्षिय खगेन्द्र भुजेल, ४० वर्षिय खगेन्द्र राजवंशी र कमल ५ बस्ने ३० वर्षिय सुरेश सुव्वा रहेको एसपी भट्टराइले जानकारी दिनुभयो । यसअघि एक साताभित्र दमकबाट १२ जना जुवाडे पक्राउ परिसकेको प्रहरीले जनाएको छ ।