प्रधान सेनापति र स्विट्जरल्याण्डका राजदूतबीच भेटघाट


न्युज अफ नेपाल, काठमाडौं ।

प्रधानसेनापति प्रभुराम शर्मा र नेपालका लागि स्वीट्जरल्याण्डका राजदूत एलिजावेथ भोनबीच आज (बुधवार) जङ्गी अड्डामा शिष्टाचार भेटघाट भएको छ ।

प्रधान सेनापति महारथी शर्माको कार्यकक्षमा भएको उक्त भेटवार्तामा दुई पक्षीय आपसी हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको थियो । यस किसिमको भेटघाटले दुई देशबीचको आपसी सम्बन्ध सुमधुर एवं प्रगाढ बनाउन थप मद्दत पुग्ने विश्वास नेपाली सेनाले लिएको छ ।