एमाले अनुशासन आयोगका सदस्य गिरी एकीकृत समाजवादीमा प्रवेश


काठमाडौं।

नेकपा एमालेको केन्द्रीय अनुशासन आयोगका सदस्य एवं महाधिवेशन प्रतिनिधि डा.अमर गिरीले एमाले परित्याग गरेका छन् । बुधबार प्रेस नोट जारी गरी डा. गिरीले एमालेमा दक्षिणपन्थी चिन्तन बढेको र नवौँ राष्ट्रिय महाधिवेशनमा पारित नीति विचार र कार्यक्रमबाट समेत च्युत भएको बताएका छन् ।

डा. गिरीले एमालेमा अध्यक्ष केपी शर्मा ओलीले दक्षिण पन्थको केन्द्रमा हाबी भएको दाबी गरेको छन् । यस्तै उनले एमाले परित्याग गर्दै माधव कुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) पार्टीलाई समर्थन गर्ने बताएका छन् ।